作词 : Shirish Dali 作曲 : Albatross कहिल्यै हासेनौ खोज्दा पनि केही पाएनौ साह्रै नै चित्त दुखायौ किन, किन म? कहिले कहाँ भेट्यौ मलाई सपनीमा आउने गर्थ्यौ किन, के भनी गयौ तिमीलाई? जुन झै चम्की रहुला सुन्दिन म बोलाई तिम्रो संघर्ष गर्दै बितायौ कल्पना मै डुबी रह्यौ कालो बादलले ढाकेको यो संसारमा सधैं आँफैलाई नै बिर्सिरहन्छु म, किन? तिमी आउन किन नआउने, तिम्रो पालो यो भयो अत्ती नै भयो जुन झै चम्की रहेथे सुनिन बोलाई तिम्रो संघर्ष गर्दै बिताए कल्पना मै डुबिरहे कालो बादलले ढाकेको यो संसारमा सधैं आँफैलाई नै बिर्सिरहन्छौ तिमी, किन? तिमी आउन किन नआउने, तिम्रो पालो यो भयो अत्ती नै भयो कालो बादलले ढाकेको मेरो नेपालमा सधैं आँफैलाई नै बिर्सिरहन्छु म, किन? तिमी आउन किन नआउने, तिम्रो पालो यो भयो अत्ती नै भयो